Logo
Logo

रूकुममा रम्मा खोलाले बगाउँदा दुई जनाको मृत्यु


441
Shares

काठमाडौं । रुकुम पश्चिममा को मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रम्मा खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार साँझ मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गरेका मुसिकोट नगरपालिका ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुनको बाढीले बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले निर्मलाले चलाएको मोटरसाइकल बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको जानकारी दिए ।

उनीहरुको शव आज (सोमबार) बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्