Logo
Logo
मितेरी सहकारी ठगी प्रकरण

कांग्रेस उपसभापति गुरुङ दम्पतीविरुद्ध सीआइबीमा उजुरी


2.3k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ दम्पतीविरुद्ध सीआइबीमा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोप लगाउँदै सीआइबीमा जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । स्याङ्जाको अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ । यद्यपि समितिको छानबिनको टीओआरमा मितेरी सहकारी नपरेकाले यो विषय राज्यका अनुसन्धान गर्ने निकायमा पठाइएको एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्