Logo
Logo

बुटवल उपमहानगरपालिकाले अनावश्यक साइनबोर्ड कर लगाएको भन्दै व्यवसायीद्वारा बिरोध


315
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले पसलमा राखिएका बोर्डको कर लगाएको भन्दै विभिन्न व्यावसायिक संघ संस्थाले विरोध जनाएका छन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा  आइतबार बसेको बैठकले बुटवल उपमहानगरपालिकाले पसलमा लगाएका बोर्डहरूको समेत कर लिन थालेको भन्दै बोर्डको कर नबुझाउने निर्णय गरेका हुन् ।

व्यवसायीहरूलाई नै आतङ्कित गराउने तरिकाबाट बुटवल उपमहानगरपालिका अगाडि बढेको निष्कर्ष निकाल्दै यस विषयमा बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय समेत व्यवसायी संघ संस्थाहरूले गरेका छन् ।

साथै  बैठकले बुटवल बजारको सुन्दरतालाई कायम राख्दै एउटा पसलमा एउटा मात्र बोर्ड राख्न आ–आफ्नो सङ्गठनमा आबद्ध व्यवसायीहरूलाई निर्देशन दिने समेत निर्णय भएको रुपन्देही घर बहाल सरोकार सङ्घका अध्यक्ष राजु लिगलले जानकारी दिए ।

आर्थिक मन्दिले कतिपय व्यावसायिक सटर बन्द रहेको र बहालसम्म तिर्न सक्ने अवस्था नरहेका बेला साइन बोर्डको समेत कर लिनु मनासिब नभएको व्यावसायीहरुको भनाई छ ।

रुपन्देहीमा रहेका करिब ३० वटा संघ संस्थाहरू एकजुट भई सामाजिक सञ्जाल ग्रुपको रुपमा आफ्ना गतिविधि समेत कडा रुपमा अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्