Logo
Logo

कहीँ नभएको जात्रा सशस्त्रमा


13.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा ठूलालाई चैन सानालाई ऐन भएको छ । खासगरी सामाजिक संस्थाले दिने आवासीय तालिममा पठाउदासमेत तत्कालीन मानवस्रोत विभाग प्रमुख सीपी गौतमले सशस्त्र प्रहरी संगठनबाट पाउने सेवा सुविधाबाट बञ्चित गरेपछि यस्तो भएको हो ।

घटनाक्रमअनुसार सशस्त्र प्रहरीमा केही काम कारबाही सिस्टम होइन व्यक्ति केन्द्रित भएर चल्ने गरेका छन् । त्यसमा कुनै पूर्वयोजना भन्दा पनि कसलाई फाइदा हुन्छ भन्ने हेरिने र सेटिङ मिलाएर काम गरिन्छ ।

केही समयअघि सिटिइभिटीको समन्वयमा सशस्त्र प्रहरीका महिला कर्मचारीलाई ब्युटिसियन तालिम दिने भनेर नाम संकलन गरिएको थियो । काठमाडौँमा तालिम हुने भनेर धेरैको नाम संकलन भएको थियो ।

तर, काठमाडौँमा हुने भनिएको तालिम दशैं तिहारको नजिक पारेर धादिङमा गर्ने निर्णय गराइयो । यसको कारण के थियो भने धादिङ गुल्मकी कमान्डर डिएसपी लक्ष्मी थपलियाको फाइदाका लागि । उनी पहिले सशस्त्र प्रहरीको महिला संघमा समन्वय अधिकृत थिइन् । सशस्त्र प्रहरी परिवार महिला संघले गर्न लागेको तालिम उनकै इन्ट्रेस्टमा धादिङ पु¥याइयो, जुन आफैमा आश्चर्यजनको भएको स्रोतले जनाएको छ ।

काठमाडौँमा तालिम भनेर नाम टिपाइयो तर, पछि धादिङ लगेर तालिम गर्ने भनेपछि धेरैले जान नसक्ने भन्दै नाम काटेका थिए । ‘दशैं तिहारमा लामो बिदा हुने र तालिममा गएकालाई पनि बिदा छोडेर राशनको पैसा उठाउने उदेश्यले मात्र त्यहाँ तालिम गराइएको हो’, स्रोतले भन्यो ।

अब ती तालिमले चाडपर्वमा लामो बिदा गए पनि पुरै राशनको पैसा गुल्ममा बुझाउनुपर्छ हलचोकमा चर्चा चल्ने गरेको छ । त्यतिमात्र होइन तालिममा जान नाम टिपाएकाहरूले फिर्ता लिदा भविष्यमा विभागबाट आउने कुनै पनि तालिममा जान्न र सेवा सुविधा लिन्न भन्ने कबुलियतनामा गराइएको स्रोतले जनाएको छ ।

‘संगठनभन्दा बाहिरबाट आएको कार्यक्रममा जान सक्दिनँभन्दा विभागीय सेवा सुविधा लिन्न भनेर कागज गर्नुपर्ने रहेछ, राम्रो भएन, यसले संगठनमा नकारात्मक सन्देश गएको छ’, एक महिला अधिकृतले भनिन् । तालिमका लागि दुई हप्ता अघि नै सशस्त्र प्रहरीका महिला कर्मचरीलाई धादिङ पठाइएको छ ।

यता, कुनै व्यक्ति कमान्डको लागि केसम्म गर्छ भन्ने सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा देखिएको छ । स्कुल स्थापनाभएदेखि डिएसपी कमान्डेन्ट रहदै आएकोमा अहिले एसएसपी भुपेन्द्र केसीलाई पठाइएको छ । कमाउ अड्डा र कमाण्ड बिना बस्न नस्कने रोग लागेका केसीले केही दिन अघि डिएसपीबाट स्कुलको चार्ज बुझेका छन् ।

एसपी र एसएसपीको दरबन्दी नै भएको स्कूलमा उनी किन गए भन्ने प्रश्न उठेको छ । अझ रोचक त के छ भने, मधेश प्रदेशतिर आफ्नै मातहत जस्तो गरी सशस्त्र प्रहरीका अन्य स्कुलको तामझामका साथ निरीक्षण गर्दै हिंडेका छन् । बिगत देखिनै केही मुठ्ठिभरका व्यक्तिका लागि संगठन उर्भर भूमि भएको छ, जुन आजसम्म पनि कायमै छ’, एक अधिकृतले भने ।

प्रतिक्रिया दिनुहोस्