Logo
Logo

एएफसी यू-२० एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा


189
Shares

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । छनोट खेल चाइनिज ताइपेइमा असोज ५ गतेदेखि १३ गतेसम्म हुनेछ ।

उक्त खेल खेल्नका लागि प्रशिक्षक उर्जन श्रेष्ठले साफ खेलेको टोलीबाट केही खेलाडी परिवर्तन गर्दै सोमबार २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । जसमा साफ खेलेको टोलीबाट गोलकिपर बिशाल केसी बाहिँरिदा अमित टमाटा अटाएका छन् ।

अन्य दुई गोलकिपरमा जयरत शेख र क्रिशल मोक्तान छन् । डिफेन्सको जिम्मेवारी आयुष तिम्सिना, आश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा र दीपक थापा मगरले सम्हाल्नेछन् ।

मिडफिल्डमा अभिनास स्याङताङ, कुशल देउवा, लक्षु थापा , सरोज दर्लामी र प्रशान्त लक्सम छनोट भएका छन । अग्रपंक्तिमा अनिल बोम्जन, धन सिंह बिक, धवेन्द्र कुंवर, नैअम वाङगेल तामाङ, निरज कार्की , समीर तामाङ र निराजन धामी अग्रपंक्तिमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्