Logo
Logo

उपसभामुख रानालाई पदबाट हटाउने तयारी


2.7k
Shares

काठमाडौं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन् । ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखलाई पदबाट हटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सत्ता साझेदार दलहरु पनि सहमत भएका थिए । प्रक्रिया पु¥याएर सकेसम्मै आजै उपसभामुखविरूद्ध प्रस्ताव दर्ता हुने स्रोतले जानकारी दियो ।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ । राना रास्वपाको कोटाबाट उपसभामुख बनेकी हुन्र ।

प्रतिक्रिया दिनुहोस्