Logo
Logo

धुलिखेलकाे हिमालयन रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट


252
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरुः जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउन सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्