Logo
Logo

डिआइजीलाई दशैँ लाग्यो


9.7k
Shares

काठमाडौं । राजश्व चुहावट नियन्त्रण गर्ने, भन्सार कार्यालयलाई चुस्त दुरुस्त राख्ने, सीमा नाकालाई कडिकडाउ गर्ने भाषण प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले गरिरहेका छन् । नयाँ सरकार बनेदेखि नै यस्तो भाषण निरन्तर कानमा गुन्जिएको छ ।

अझ सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीहरू हल बाँधेर नै देश दौडाह सकेर काठमाडौँ फर्केका छन् । तर, सशस्त्र प्रहरीमा उच्च अधिकारीहरूले सीमा नाकालाई व्यवस्थित गर्न सकेका छैनन भने डिआइजीहरू नै घुमुवा परिचालन गरेका समाचारहरू आउन थालेका छन् ।

मधेश प्रदेशको नजिक रहेको बागमती प्रदेशको कमाण्ड सम्हालेका डिआइजी गणेश ठाडामगरमाथि अहिले सबैतिरबाट प्रश्न सोझिएको छ । रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, मकवानपुरको मनोहरीजस्ता स्थानमा उनको विशेष चासो रहेको छ । मनोहरीमा ढाट चलाउने गरेको स्रोतको दाबी छ । उता, चितवनमा त उनका पुराना घुमुवाहृ परिचालन गरिरहेका छन् ।

उनी छिन्नमस्ता बाहिनीपति हुँदा सबैभन्दा बढी तस्करी भएको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा परेको थियो । त्यसको ह्याङओभर अझै नगएकाले पर्सा र बाराबाट काठमाडौ प्रवेश गर्ने नाका मकवानपुरलाई उनले अहिले प्रयोग गरिरहेको स्रोतको दाबी छ । मधेश प्रदेशका डिआइजी कालीदास धौबजीलाई समेत सेटिङ मिलाउने काममा उनी लागेको स्रोतको दाबी छ ।

विगतमा पटक पटक कारबाहीमा समेत परेका डिआइजी गणेश ठाडामगर मकवानपुरमा बसेर लाइन चलाई रहेको स्रोतको दाबी छ । मकवानपुर जानुअघि चलखेलकै आधारमा छिन्नमस्ता बाहिनीमा पुगेका उनले सुरुदेखि नै तस्करीको सेटिङ मिलाएका थिए भने मकवानपुर पुगेपछि त्यसलाई थप निरन्तरता दिएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा रहँदा उनको तर्फबाट खटिएका सादा पोशाकका वरिष्ठ हवल्दार राजु मगरसहित दुई जना पक्राउ परेका थिए । भारतबाट सामान ओसारपसार गर्ने मदन गुप्ता रुन्चे र इमरानको सामान सिभिलमा खटिएका मगरको टोलीले बरामद गरेको थियो ।

गुप्ताले भन्सार छलीका कपडा ल्याएका थिए भने इमरानले जुत्ता ल्याएका थिए । सादा पोशाकमा रहेको मगरको टोलीले ती सामान समातेपछि भन्सार वरपर रहेका मानिसहरूले सोधीखोजी गर्न थाले । सोधीखोजी गरेपछि विवाद बढ्दै गयो । त्यसपछि प्रहरीले रकम असुल्न खोजेको आरोपमा उनका घुमुवालाई पक्राउ गरेर त्यतिबेला छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्