Logo
Logo

उपसभामुख हटाउने विषयमा माओवादीद्वारा खबरदारी


4.5k
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् । पाण्डेले यथार्थ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गरे ।

‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।

यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’

प्रतिक्रिया दिनुहोस्