Logo
Logo

ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ


3.5k
Shares

काठमाडौं । ठगीको आरोपमा एक कलाकार पक्राउ परेका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगीको आरोपमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्