Logo
Logo

संवैधानिक परिषद बैठक स्थगित


13.7k
Shares

काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बोलाइएको बैठक शुक्रबार सम्मका लागि बैठक सारिएको छ ।

उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष,प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाएको थियो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्