Logo
Logo

‘पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक’


315
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन् ।

बिपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

‘पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ’, उनले भने, ‘पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनतासमक्ष पु¥याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुुनुपर्दछ ।’

वृक्षरोपण, रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिइ यस्ता गतिविधि बढाउन उनले आग्रह गरे । तरुण दलको अगुवाइमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उनले प्रशंसा गरे ।

‘दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बिपी कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रममार्फत जनताको मन जित्नुभएको थियो’, प्रवक्ता महतले भने, ‘अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बिपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढवा दिनुपर्दछ ।’

जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उनले आह्वान गरे । नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्