Logo
Logo

कोशी सरकारमा कांग्रेस भोलि सहभागी हुने


7.2k
Shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहीवारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका छन् ।  

बुधवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले बुधवार बसेको कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागि हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको बताए । 

केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता सभापति थापाले कोशी प्रदेशमा मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेर बहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुबै पार्टीबाट दुई/दुई जना राज्य मन्त्री राखिने सहमति भएको जानकारी दिए ।

तत्काल मन्त्रालयको सङ्ख्या नबढाए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागि भएको केही समय पछि मन्त्रालयको सङ्ख्या समेत बढाउन सकिने उनको भनाइ छ । 

थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीसँग समन्वय नगरी आन्दोलन शुरु गरेका भएपनि यसलाई राजनैतिक रङ्ग दिने भन्दा सहमतिमा टुङ्ग्याउने प्रयास भइरहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्