Logo
Logo

चितवनको टाँडीमा भाटभटेनीको २९औँ स्टोर, पाँच सयले रोजगारी पाउने


882
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा २९औँ सुपर स्टोर सञ्चालनमा ल्याउने भएको छ । तीन दिनअघि पोखराको तालचोकमा २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको भाटभटेनीले चितवनमा २९औँ स्टोर सञ्चालनको तयारी गरेको हो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो स्टोर हुने बताइएको छ ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनका अनसार एक वर्षभित्र उक्त स्टोर सञ्चालनमा आउने छ । टाँडीमा बेसमेन्टसहित सात तलाको भवन विस्तारपछि जनतालाई सहजता प्रदान गर्ने उनले बताएका छन् ।

भाटभाटेनी सुपरमार्केट्सका अन्सार उक्त भवनको एक तला ४६ हजार स्क्वायर फिट हुनेछ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्ने छ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर पहिल्यै सञ्चालनमा आइसकेको छ ।

यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ ।

अहिले काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइएपनि अब छिट्टै काठमाडौंबाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमा जस्तै पार्टटाइम कामको समेत व्यवस्था गरिएको जनाएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्