Logo
Logo

गाजाको एक स्कुलमा इजरायलको आक्रमण, राष्ट्रसंघका ६ कर्मचारीसहित १८ जना मारिए


441
Shares

एजेन्सी । इजरायली सेनाले मध्य गाजाको एक स्कुलमा बमबारी गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जाउनी स्कुलमा बमबारी गर्दा आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसंघीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारीसहित १८ जनाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र संघका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन् ।

गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा एउटै घटनामा यूएनका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्