Logo
Logo

खादा र मालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा उपकरण बिगार्यो ?


378
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै आगामी दिनमा खादा र माला नल्याउन आग्रह गरेको छ ।

विमानस्थल कार्यालयले आज एक सूचना जारी गर्दै खादा र मालाका कारण विमानस्थलमा प्रयोग हुँदै आएका सुरक्षा जाँचका उपकरण बिग्रिएको भन्दै यात्रुलाई विमानस्थलको सुरक्षा जाँच गर्ने ठाउँसम्म खादा नलगाउन र ब्यागमा पनि नझुण्डाउन आग्रह गरेको हो ।

सुरक्षा जाँचका उपकरणहरु एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगेको कार्यालयले जनाएको छ । यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेकाले त्यसो नगर्न सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्