Logo
Logo

भारतका कम्युनिष्ट नेता सिताराम यचुरीको निधन


882
Shares

एजेन्सी । भारतका चर्चित कम्युनिष्ट नेता सिताराम यचुरीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव यचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो ।

भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको ७२ वर्षको उमेरमा निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका यचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

२०६२ को जनआन्दोलनमा भारतलाई नेपालका राजनीतिक दल र जनआन्दोलनप्रति नरम बनाउँन येचुरीको निर्णायकस्तरको भूमिका थियो । किनकी त्यतिबेला मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा भारतीय वामपन्थीहरु लगभग निर्णायक संख्या अर्थात ५६ सीटसहित संसदमा थिए ।

वामपन्थीको समर्थन नरहदा सरकार नै गिर्ने अवस्था आणविक विवादको बेला आएको थियो । उनले पटक-पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्