Logo
Logo

नेपालमा कोरोनाको जोखिम बढ्दै, संक्रमितको संख्या २४३ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ बैशाख । नेपाल कोरोना भाइरस (कोभिड–१९)को दुई दिनयता ह्वातै बढेको छ । सोमबार र मंगलबार यता संक्रमित तिव्र रुपमा बढ्दै गएको छ । बुधबार मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार बिहान दुई जना, दिउ“सो र साँझ २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा संक्रमण देखिएको बताए ।
योसँगै संक्रमितको संख्या नेपालमा २४३ पुगेको छ । बुधबार दिउँुोमात्र बा“के र कपिलवस्तुमा दुई जना संक्रमण देखिएको थियो । बुधबार संक्रमण भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ संक्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ संक्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।
यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ संक्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् । मंगलबार अहिलेसम्मकै धेरै संख्यामा ८३ मा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्