Logo
Logo

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


22.9k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-२ स्थित बागलुङ बसपार्कमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ ।

प्रहरीका अनुसार ३ साउनमा रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापा मगर लागू औषधको ९७ चक्कीसहित पक्राउ परेका थिए ।

उनले सो औषधि दिया फार्मेसीबाट खरिद गरेको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेर बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्