Logo
Logo

मेटमणी चौधरीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण


16.4k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

पार्टीले भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिएको भन्दै चौधरीलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार महासचिव घनश्याम भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ बिहीबार महासचिव घनश्याम भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्