Logo
Logo

दिपेश पुनले उम्मेदवारलाई ‘बन्धक’ बनाएको आरोप


8.4k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दिपेश पुनले गर्दा प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा भाँडभैलो भएको छ ।

जसका कारण नयाँ नेतृत्व चयनका लागि थापाथली क्याम्पसमा तय भएको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ ।

पुनको नेतृत्वमा एक जना अध्यक्षका उम्मेदवारलाई नै बन्धक बनाएको आरोप लागेको छ । अध्यक्षका सशक्त उम्मेदवार सुगम ढकाललाई दिउँसोदेखि पुनसहितले बन्धक बनाएको दाबी गर्दै एक नेताले आफूहरुले अहिलेसम्म उनलाई सम्पर्क गर्न नसकेको बताए ।

‘ढकालको फोन अफ छ । कसैलाई सम्पर्क गराइएको छैन । उनी र निर्वाचन समिति र अध्यक्ष मण्डलका एक–एक सदस्य नआएपछि निर्वाचन नै हुन सकेन’, ‘महासचिवलगायतले बोलाएर थापाथलीकै एक रेस्टुरेन्टमा ढकाल गएका थिए । त्यसपछि बन्धक बनाइयो । रातिसम्म अवस्था पत्तो लाग्न सकेको छैन’, एक नेताले भने ।

उनले सितेश झालाई अध्यक्ष बनाउन खोजेको त्यो सफल नभएपछि पुनले सशक्त उम्मेदवारलाई नै कब्जामा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्