Logo
Logo

 ३ वर्षे रणनीति बनाउन चेम्बर लुम्बिनीको सिङ्गो टिम पाल्पामा 


504
Shares

तानसेन । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबार शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछि आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ । 

कार्यशालाको उद्‍घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र व्यवसायिक प्रवर्द्धनका लागि सहयोग गर्न आव्हान गरे । स्वास्थ्य, शिक्षा र व्यवसायका लागि तानसेन ऐतिहासिक हब हुँदा हुँदै पनि पछाडि परेकोमा चिन्ता व्यक्त गरे ।  

पर्यटनका दृष्टिले तानसेनमा अपार सम्भावना  रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरे । बुटवल ( पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदाँसम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारहरू  निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औँल्याए । 

 चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले आगामी ३ वर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय, राष्ट्रिय, प्रादेशिक,जिल्ला र पालिका स्तरीय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताए । अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकांश काम भएकाले अबको ३ बर्स उद्योगी, ब्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गर्ने बताए । चेम्बरले तीनै तहका सरकारहरूसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले  कुनै कसर बाकी नराख्ने बताए । परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिबिधि गर्ने बताए । 

कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्दै छन् । 

चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिती र विभिन्न जिल्ला र नगरकार्यसमितीका अध्यक्षहरु उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरुले गर्ने कार्यक्रमको  रणनीति  बनाइदैछ । सो अवसरमा चेम्बर लुम्बिनीका महासचिब शिव ज्ञवाली,उपाध्याय जे।पि कडेलेले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्