Logo
Logo

असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति ? (सूचीसहित)


882
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको हो ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् ।

राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट बैंकले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन बैंकले स्थिर राखेका छन् ।

एनआईसी एसिया बैंकल असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिने भएको छ । उसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए ।

कुन बैंकको अधिकतम ब्याजदर कति ?

बैंकभदौको ब्याजदरअसोजको ब्याजदर
कृषि विकास बैंक६.०६५६.०७
राष्ट्रिय वाणिज्य बैंक६.०७६.००
नेपाल एसबीआई बैंक६.२५६.००
लक्ष्मी सनराइज बैंक६.५०६.५०
ग्लोबल आईएमई बैंक६.२५६.२५
कुमारी बैंक६.७१६.०१
प्राइम बैंक६.७५६.२५
नेपाल बैंक५.२५५.९५
सानिमा बैंक६.२०५.९०
सिटिजन्स बैंक६.७५६.४०
नबिल बैंक७.००६.७५
इन्भेस्टेमेन्ट मेगा बैंक६.५०६.५०
सिद्धार्थ बैंक६.५०६.५०
स्टान्डर्ड चार्टर्ड बैंक७.००७.००
माछापुच्छ्रे बैंक७.००७.००
प्रभु बैंक६.१०६.१०
एनएमबी बैंक७.४१६.५०
एनआईसी एसिया बैंक७.४१७.१८
एभरेष्ट बैंक६.१०६.००
हिमालयन बैंक ७.००७.००

प्रतिक्रिया दिनुहोस्