Logo
Logo

बारामा ४३ जना सवार बस पुलबाट खस्यो, १ जनाको मृत्यु, ४२ घाइते


2.5k
Shares

काठमाडौं । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाइते भएका छन् ।

विराटनगरबाट दाङतर्फ जाँदै गरेको बस अनियन्त्रित भई गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका– ८ स्थित उनासी पुलबाट तल खसेर दुर्घटना हुँदा दाङको गडवा गाउँपालिका–५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो ।

यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको । अन्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्