Logo
Logo

समितिले १७ राजदूतबारे असोज २ गते निर्णय गर्ने


630
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरबारे असोज २ गते निर्णय गर्ने भएको छ ।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि हिजो (आइतबार) बैठक बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो ।

समिति सदस्य ईश्वरी घर्तीमगरले २ गते ११ बजे सिंहदरबारमा बस्ने बैठकले राजदूतहरुबारे निर्णय गर्ने बताए । समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्