Logo
Logo

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता नरहेको पुष्टि भयो : रवि लामिछाने


3.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताए ।

गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे । लामिछानेले वास्तविक सहकारी ठगहरूलाई कारवाही गर्नबाट पछि हट्न नहुने बताए । आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनले दावी गरे ।  

त्यस्तै रास्वपाका अन्य नेताहरूले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोष रहेको पुष्टि भएको धारणा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्