Logo
Logo

भ्रष्टाचार मुद्दामा कटहरिया नगरपालिका प्रमुख र उपप्रमुखसहित सबैले पाए सफाइ


1.9k
Shares

काठमाडौँ । कटहरिया नगरपालिका प्रमुख र उपप्रमुखसहित ११ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ असार २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । स्थानीय तहको निर्वाचन भएपछि लगत्तै २०७९ जेठ १५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल लगाउने काममा भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

अख्तियारमा मुद्दा दायर भएसँगै नगर प्रमुख, उपप्रमुख, दुई कार्यपालिका सदस्य, तत्कालीन कार्यालय प्रमुख र दुई कार्यपालिका सदस्यसहित केही कर्मचारीहरू निलम्बित भएका थिए । अदालतले सफाइ दिए लगत्तै उनीहरूको निलम्बन फुकुवा भएको छ ।

मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह थिए ।

प्रतिक्रिया दिनुहोस्