Logo
Logo

पत्रकार महासंघको सदस्य विवरणमा समाजवादी प्रेस संगठनको आपत्ति


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघद्वारा हालै सार्वजनिक सदस्यको नामावलीप्रति आपत्ति जनाएको छ ।

असोज १२ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको सदस्यता नामावलीमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नाम हटाउने र थप्ने काम भएको सो संगठनले जनाएको छ ।

महासचिव रामकुमार एलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’ ‘शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । हाम्रो संगठन यस्तोखाले शुद्धीकरणको पक्षमा छैन ।’

३ बुँदे माग अघि सार्दै असोज १२ को चुनाव असफल पार्न महासंघका प्रदेश र जिल्ला शाखामा तालाबन्दी मातहतका कमिटीलाई निर्देशनसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्