Logo
Logo

कैलाली कारागारमा एक कैदीको मृत्यु


315
Shares

काठमाडौं । कैलाली कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिक रहेका छन् ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका उनी सोमबार दिउँसो करिब साढे ३ बजेतिर शौचालयमा वेहोश अवस्थामा भेटिएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्