Logo
Logo

रास्वपाको राष्ट्रिय भेला आजदेखि


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

रास्वपाले यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाएको छ ।

भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक÷उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति÷विभाग÷ आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।

भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्