Logo
Logo

उपसभामुख रसिया प्रस्थान


882
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना रसिया प्रस्थान गरेकी छन् । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी फ्लाई दुबईको उडानबाट त्यसतर्फ लागेकी हुन् ।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गतेसम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी असोज ५ गते स्वदेश फर्कनेछिन् ।

प्रतिक्रिया दिनुहोस्