Logo
Logo

इन्द्रजात्रा समारोहबाट बालेनका समर्थक लखेटिए


2.3k
Shares

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन पुगेका बालेनका एक दर्जन समर्थक समारोहस्थलबाट निकालिएका छन् ।

बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर समारोहस्थल पुगेका उनीहरुलाई प्रहरीले त्यहाँबाट फर्काएको हो । ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै इन्द्रजात्रा समारोह वरपर निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।

हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति रहने भएपनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए ।

यसपालि भने बालेन सम्भवतः समारोहमा उपस्थित हुने छैनन् । सचिवालयका अनुसार इन्द्रजात्रा समारोह छल्ने रणनीति अनुसार उनी भारतको बैंगलोर गएका थिए । आज बेलुका मात्रै उनी फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्