Logo
Logo

मतदाता नामावली दर्ता स्थगित


693
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचत तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको हो ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । तीन स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । सोमबारसम्म दर्ता नामावली मात्र मान्य हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

निर्वाचनको घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नपाइने कानूनी व्यवस्था छ । अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ । र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताले मात्रै आगामी स्थानीय तहको उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्