Logo
Logo

पार्टी कार्यालय भवन बनाउन जग्गा खोज्दै एमाले


819
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न जग्गा खोज्न थालेको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।

भाडाको भवन आवश्यकता अनुसार नभएको भन्दै एमालेले पटक पटक आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै आएको छ । तर, कार्यान्वयन भने गर्न सकेको छैन ।

बल्खुको भवन भत्किएपछि एमालेले धुम्बाराही, थापाथली र च्यासल गरी तीन ठाउँमा भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ । एमालेले आफ्नै कार्यालय भवन बनाउने भन्दै पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ सङ्कलन गर्ने अभियान सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्