Logo
Logo

आफूलाई पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको सरकारलाई चुनौती


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

बुधवार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए ।

उनले आफूहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताए । उनले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरुलाई समेटेर दलहरुका बीचमा नविन समझदारीका साथ संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्