Logo
Logo

उपप्रमुख डंगोल अमेरिका प्रस्थान


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहितका अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बुधबार बिदाइ गरे ।

डंगोलसँगै मनोनयनमा परेका परशुराम नगरपालिकाका प्रमुख भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भने बिहीबार अमेरिका प्रस्थान गर्दै छन् ।

‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा भदौ २७ गते नै सुरु भइसकेको छ ।

उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुन काठमाडौंस्थित राष्ट्र संघीय प्रतिनिधि कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको थियो ।

महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपप्रमुख डंगोल सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्