Logo
Logo

आजदेखि धरहरा चढ्न पाइने


315
Shares

काठमाडौं । आजदेखि धरहरा चढ्न पाइने भएको छ । संविधान दिवसका अवसर पारेर सरकारले अस्थायी रुपमा धरहरा सञ्चालन गर्न लागेको हो ।

अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् ।

त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए । अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्