Logo
Logo

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


504
Shares

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलमा बेलदमारमा दुर्घटना हुँदा चालक २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पताल पुर्याएको थियो । तर, चिकित्सकले उनीहरुको मृत्यु भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्