Logo
Logo

९२ वर्षीया आशा भोसलेसँग मोहनले गाए ‘यो हाम्रो माया’


1.6k
Shares

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । नेपाली लगायत विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली कलाकारको संख्या नगन्य छ ।

यिनै सुप्रसिद्ध गायिका ९२ वर्षीया आशाले युवा गायक मोहन राईसँग नेपाली गीतमा स्वर दिएकी छन् । मोहन हालैमात्र मुम्बइमा पुगेर ८४ बर्षीय रन्जित गजमेरको संगीतमा ‘यो हाम्रो माया’ बोलको गीतमा आशासँगै स्वर भरेर नेपाल फर्किएका छन् ।

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो । नेपाली गायक गायिकाहरुलाई लागि संभवत यो दुर्लभ क्षण हुनुपर्छ,’ उनले भने, ‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रंजित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं । केही महिनाभित्र सार्वजनिक गर्छौ ।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाएका हुन् । जसमा रन्जित गजमेरको संगीत छ ।

‘‘मायाको खेल’ र ‘कस्तो सपना’पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उनले भने, ‘गीतकारहरुमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक वान्तवा समेटेको छु । संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ (किरण)लगायत नेता, कर्मचारी प्रशासकहरुको गीत गाइसकेका छन् । इलाम निवासी राईले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट २०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचनसमेत गराएका थिए । पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट विभूषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्