Logo
Logo

धरहरा चढ्ने सर्वसाधारणको भिड


315
Shares

काठमाडौं । आज संविधान दिवसका अवसर पारेर सरकारले धरहरा खुला गरेको छ । शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भिड लागेको छ ।

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।

निःशुल्क प्रवेश गर्न मजबचजबचब.नयख.लउ बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकट लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न दिइनेछ ।

उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ । एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने छन् । त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्