Logo
Logo

‘दलितलाई खै’


441
Shares

काठमाडौं । सरकारले तामझामका साथ सैनिक मञ्च टुँडिखेलमा संविधान दिवश मनाइरहँदा युवाहरु ‘दलितलाई खै’ भन्दै काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्दैछन् ।

४४ दिनदेखि ‘दलितलाई खै’ उल्लिखित प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका खगेन्द्र सुनारको आह्वानमा युवाहरू बिहीबार काठमाडौंमा भेला भएका हुन् । उनले ‘असोज ३ दलितका लागि एक दिन’ अभियान घोषणा गरेका हुन् ।

आजको प्रदर्शनमा खगेन्द्रबाहेकका अन्य युवाहरू पनि नेल लगाएर उपस्थित भएका थिए । खगेन्द्रले आज तीन हजारभन्दा दलित युवाहरू आन्दोलनमा सहभागी हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्