काठमाडौं, २ जेठ ।
काठमाडौंमा एक सहित थप नौ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सामा चार जना छन् । त्यस्तै उदयपुरमा एक, दाङमा पाँच तथा काठमाडौंमा एक जनामा पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या २ सय ६७ पुगेको छ । काठमाडौंका चन्द्रागिरी नगरपालिकामा मात्र पाँच जनामा संक्रमण देखिएको छ ।