Logo
Logo

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न


378
Shares

काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न गरेको छ । एनआइएमबि एस क्यापिटले ‘नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्य’ विषयमा केन्द्रित भइ कार्यक्रम सम्पन्न गरेको हो ।

एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको बारेमा प्रस्ट पारेका थिए ।

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकका विचारहरूले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरुमा जोड दिएको थियो । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्त्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर पनि छलफल गरे ।

एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्विटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनहरूमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका थिए ।

यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटी मार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्