Logo
Logo

विदेशीहरूको पक्षपोषण गर्ने संविधान खारेज गर्नुपर्छः प्रभु साह


378
Shares

काठमाडौं । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिए पनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।

आज ९बिहीबार० आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान: समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्ज्वल गर्दैन । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौँ । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाइदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईँ नेपालकै प्रधानमन्त्री हो रु नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईँको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ रु त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरूले पैसा अमेरिका, अस्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन ? नेपालीहरूको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ रु 

 देशमा ७६१ वटा सरकार बनाइएको भन्दै आक्रोश पोखे । उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्याङ्क पेस गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाइएको भन्दै आलोचना गरे ।

उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले पुरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निष्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्