Logo
Logo

एनआईसी एशिया बैंकको दशैं र तिहार विशेष अफर


126
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ ।  ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुनेछ ।

यस प्रस्ताव अन्तर्गत, ग्राहकले एनआईसी एशिया मो बैंक एप वा एनआईसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । 

त्यस्तै, एनआईसी एशिया क्रेडिट कार्डको साथ InstaBuy EMI को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकले सहज तरिकाले किस्तामा भुक्तानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्