Logo
Logo

धरहरा चढ्नेको भिड, एक हप्तासम्मका लागि टिकट बुक


441
Shares

काठमाडौं । संविधान दिवसका अवसर पारेर सञ्चालनमा आएको धरहरा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । हिजो बिहीबार पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन ६ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि टिक बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले मजबचजबचब.नयख.लउ वेबसाइट सञ्चालन गरेको छ । जसमा एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्राहलय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्