Logo
Logo

पत्रकार महासंघको निर्वाचन अनिश्चित


378
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम फेरि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

यसअघि पनि महासंघको निर्वाचन स्थगित भएको थियो । त्यसपछि पुनः यही असोज १२ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।

तर, आजै महासंघले निर्वाचन कार्यक्रम सूचनामार्फत स्थगित गरिएको जानकारी दिएको छ । ‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्रअनुसार उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ । महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । पटक पटक सर्दै आएको महासंघको निर्वाचन अब कहिले हुने भन्ने नै अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्