Logo
Logo

पलेशालाई बीवाइडीको डल्फिन उपहार


504
Shares

काठमाडौं । नेपाल र नेपालीको खुसीयाली सँगसँगै चीनको विश्व प्रशिद्ध विद्युतीय गाडी उत्पादन ब्राण्ड बीवाइडीले खुसी साटासाट गरेको छ । पेरिसमा सम्पन्न पारा ओलम्पिकमा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवद्र्धनलाई बीवाइडी चीनको तर्फबाट बीवाइडीको डल्फिन कार उपहार प्रदान गरेको छ ।

बीवाइडी हेडक्वाटर सेन्जेन चीनले उपहारस्वरुप पठाएको उक्त कार गत शुक्रबार साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठ र कार्यकारी प्रमुख सहिल श्रेष्ठले पलेशा गोवद्र्धनलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा साइमेक्स इन्कका अध्यक्ष श्रेष्ठले दृष्टिन्युज अनलाइनसँग कुरा गर्दै पेरिसमा सम्पन्न पारा ओलम्पिक खेलमा पलेश गोवद्र्धनले नेपालका लागि ऐतिहासिक पदक जितेर नेपाल र नेपालीको शिर उँचो बनाएकोमा सिँगो बीवाइडी टीमले खुसी मनाएको छ । खेलाडीलाई प्रोत्साहित गर्न बीवाइडी हेडक्वार्टर चीनले यो उपहार पठाएको हो ।’

बीवाइडी डल्फिनको विशेषता

बीवाइडीको डल्फिन नेपालमा रुचाइएको इभी कारमा पर्छ । प्रायः महिलाले नेपालमा यो कार बढी रुचाएका छन् ।
२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको छ । साथै, पछिल्लो सिरिजमा नयाँ एप थपिएको छ । जुन एप अहिलेसम्म कुनैपनि कारमा प्रयोग गरिएको छैन ।

इलेक्ट्रिक प्लेटफर्म ३.० मा निर्माण गरिएको यो कारमा ब्लेड ब्याट्री प्रविधि राखिएको छ । ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीवाईडी डल्फिनलाई ५० मिनेटमा शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा चार ओटा ड्राइभिङ मोड दिइएको छ । यसमा ३४५ लिटरदेखि १३१० लिटरसम्म बुटस्पेस छ । १२.८ इन्च एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड छ । त्यस्तै, यसमा ३ सय ६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम पनि दिइएको छ ।

टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ स्पिकर डिर्याक अडियो, एनएफसी कार्ड की, पीएम २.५ एयर फिल्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम बीवाईडी डल्फिनका अन्य आकर्षक विशेषता हुन् । नेपाली बजारमा यो गाडी माल्दिभ पर्पल, कोरल पिंक, अर्वान ग्रे र स्यान्ड ह्वाइट कलर भेरियन्टमा उपलब्ध छ । हालै सम्पन्न नाडा अटो शो–२०२४ मा बीवाइडीको एटो–थ्री नयाँ भर्सन र डल्फिन सबैभन्दा बढी बुकिङ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्