Logo
Logo
सुडान घोटाला प्रकरण

पूर्वआईजीपी ओमविक्रम राणाको मुद्दामा फाइल मगाउने सर्वोच्चको आदेश


1.1k
Shares

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणाको मुद्दामा सर्वोच्च अदालतले सम्बन्धित फाइल मगाउने आदेश गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र अरु सम्वन्धित फाइल मगाउने आदेश गरेको हो ।

पूर्वमहानिरीक्षक राणाले गत साउन १८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका उनले आफ्नो निवृत्तिभरण रोकिएकोविरुद्ध रिट दायर गरेका हुन् ।

उक्त रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो ।

सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षक राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्