Logo
Logo

सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारवाही हुन्छ : स्वास्थ्यमन्त्री


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारवाही हुने स्पष्ट पारेका छन् । 

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू उपलब्ध हुनुपर्ने भन्दै त्यसविपरीत निजी अस्पतालमा भेटिए कारवाही हुने बताए । उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताए ।  

त्यस्तै मन्त्री पौडेलले सहकारी प्रकरणमा कसैले आफूलाई निर्दोष भन्नुभन्दा पनि प्रतिवेदनलाई राम्ररी अध्ययन गर्न सुझाव दिए । उक्त प्रतिवेदनलाई सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्